दफा ७३
निजामती सेवामा पुन कायम भएमा तलब र भत्ता पाउने
(१) कुनै निजामती कर्मचारीलाई निजामती सेवाबाट अवकाश दिने, हटाउने वा बर्खास्त गर्ने गरी भएको आदेश अदालतबाट रद्द भई निज निजामती सेवामा पुन कायम भएमा त्यस्तो कर्मचारीले निजामती सेवाबाट अवकाश दिइएको, हटाइएको वा बर्खास्त गरिएको मितिदेखि निजामती सेवामा पुन कायम भएकोमितिसम्मको तलब, भत्ता चाडपर्व खर्च र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ ।
(२) सम्वत् २०५० साल जेठ ४ गते अघि निजामती सेवाबाट अवकाश दिइएको, हटाइएको वा बर्खास्त गरिएको निजामती कर्मचारीले सो मिति पश्चात् भएको अदालतको आदेशद्वारा निजामती सेवामा पुन कायम भएमा त्यस्तो कर्मचारीले पनि उपदफा (१) बमोजिम
तलब, भत्ता र तलब वृद्धि पाउनेछ ।